logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • खेलकुद संघलाई कारवाही गर्दैछु, हस्तक्षेप नहोस् : खेलकुदमन्त्री चौधरी

    खेलकुद संघलाई कारवाही गर्दैछु, हस्तक्षेप नहोस् : खेलकुदमन्त्री चौधरी

    609
    Shares
    खेलकुद संघलाई कारवाही गर्दैछु, हस्तक्षेप नहोस् : खेलकुदमन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताएका छन् ।

    आईतबार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पहिला खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भएपनि केहि वर्ष यता नराखेकोप्रति असन्तुष्टि जनाए । उनले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताए ।

    आगामी वर्षको बजेटमा खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने बताए । कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी समेत दिए । खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको मन्त्री चौधरीको भनाइ छ ।

    अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको बताए । मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्राचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाएको समेत बताए ।

    केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न शिर्ष नेताहरुलाई आग्रह गरे ।

    मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए । उनले नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो गरे । उनले विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा नरहेको गुनासो गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend