२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई, बिजमाण्डूका सम्पादक सापकोटाले पाए पत्रकारिता पुरस्कार

आइतवार , पौष १४, २०८१

काठमाडौं । बैंकिङ विज्ञ बीएन घर्तीले ‘सामना बैंकिङ पुरस्कार’ पाएका छन् । ‘बैंकिङ अनुशासन दिगो विकासका लागि’ पुस्तकका लेखकलाई आइतबार एक कार्यक्रममा गुठीले नगदसहित पुरस्कार प्रदान गरेको हो ।

घर्ती लामो समयदेखि बैंकिङ क्षेत्रमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घर्तीलाई उक्त पुरस्कारद्वारा सम्मान गरे ।

उनलाई गुठीले सम्मानपत्र सहित ७५ हजार रुपैयाँको नगद पुरस्कार दिएको हो ।

कार्यक्रम गुठीका संस्थापक तथा अध्यक्ष डा. रेवतवहादुर कार्कीको सभापतित्वमा आयोजना भएको हो । उक्त कार्यक्रममा आर्थिक पत्रकारहरुलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

यस कार्यक्रममा बिजमाण्डूका सम्पादक सुदर्शन सापकोटा र अन्नपुर्णपोष्टकी ममता थापालाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, रेवत बैंकिङ छात्रवृत्ति रोहन व्यञ्जनकार, कपिल पौडेल र रोजा प्राधानाङ्गले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट