२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पत्रकार सम्मेलन गर्दै भीम रावल

सोमवार , पौष १५, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आगामी कार्य योजनाबारे जानकारी दिन आगामी बुधबार (पुस १७) गते पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार