
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।
अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।
भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend