logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    वागमती प्रदेशमा सवारी साधनमा अनावश्यक स्टिकर र सायरी हटाउन सुरु

    वागमती प्रदेशमा सवारी साधनमा अनावश्यक स्टिकर र सायरी हटाउन सुरु

    483
    Shares
    वागमती प्रदेशमा सवारी साधनमा अनावश्यक स्टिकर र सायरी हटाउन सुरु

    चितवन । वागमती प्रदेशमा सवारी साधनमा राखिएका अनावश्यक स्टिकर, झल्लर, सायरी हटाउन थालिएको छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले बागमती प्रदेशका सबै जिल्लामा गत बिहिबारदेखि सवारी साधनको सिसा नजिक राखिएका झल्लर, चुरा, स्टिकर लगायतका सामग्रीहरुले भिजिबिलीटीमा समस्या देखिने हुँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै त्यस्ता सामग्री हटाउन अभियान सुरु गरेको हो ।

    त्यस्तै सवारी साधनमा लेखिएका सायरीले सवारी चालकको ध्यान विकेन्द्रित हुने हुँदा सायरी मेटाउन सवारी चालकहरुलाई अनुरोध गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख नरेशराज सुवेदीले बताए ।

    अनुरोध पश्चात् पनि नहटाएमा ट्राफिक नियमअनुसार कारबाही तथा जरिवाना गरिने उनले बताए ।

    उनका अनुसार शनिबार मात्र बागमती प्रदेशका १० जिल्लाका सवारी साधनहरुमा प्रयोग गरिएका झल्लर,स्टिकर, फोक्सलाईट हटाएका छन् ।

    झल्लर १८२, स्टिकर ५१ र फोक्सलाईट १७ वटा निकालिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend