logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैन : उद्योगमन्त्री भण्डारी

    स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैन : उद्योगमन्त्री भण्डारी

    189
    Shares
    स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैन : उद्योगमन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन् ।

    शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताए ।

    उनले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे । उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे । उद्योगमन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताए ।

    उनले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गरे । उनले सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगे पनि आयोजनाको बजेट भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताए ।

    उनले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल, जङ्गल, जमिन, खानी, उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताए । उनले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई र्फकाउनु पर्ने अवस्था रहेको बताए ।

    मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गरे । उनले सरकारसँग निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीहरुले खोजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताए ।

    उनले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गरे ।

    उनले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताए । उनले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताए । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend