हेटौँडा । नेपाल प्रहरीको सेवाबाट अवकाश पाएपछि नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिएका हुन् ।
उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन । राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’