काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई अफ्ठ्यारो स्थिति धकेलिरहेको टिप्पणी गरेका छन् ।
उनले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरेअनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले सरकारले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको बताए ।
उनले वर्तमान सरकारले एक ठाउँमा आउनुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जाने टिप्पणी गरे ।
उनले भने, ‘अहिलेको स्थिति अप्ठ्यारो छ, आशा लाग्दो छैन । संसदका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बनाउनुभएको छ । त्यो सरकारले सञ्चार गर्नुपर्ने कुराहरु जति आशा लाग्दा हुनुपर्ने त्यस्तो भइरहेको छैन । उहाँहरु के मा अलमलिनुभएको छ । के मिलिरहेको छैन ।
त्यसो नहुनुपथ्र्यो । हामीलाई प्रतिपक्षमै बस्न भनेर जनताले जनमत दिएका हुन् । सुशासन कायम गर्न र सरकारको स्थायित्व कायम गर्न, जनतालाई सेवन सुविधा प्रवाह गर्न जसरि कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्यो भन्ने दाबी थियो । तद्अनुरुप गैदिएको भए हुन्थ्यो । तर त्यस्तो भएन । यो व्यवस्थाको लागि पनि यो राम्रो हो जस्तो मलाई लाग्दैन ।
कुराहरु राम्रा छैनन् आशा लाग्दा छैनन् । यस्तै रह्यो भने राजनीतिक वितृष्णाको श्रृंखला त्यो बढ्दै जाने खतरा देख्छु म । दुई दल बनेको सरकारले आशा र भरोसा लाग्दा कुरा भएका छैनन् । के कुरामा अल्झिनुभयो । सुशासन कायम गर्नको लागि एक ठाउँमा आएको भन्ने उहाँको सम्झौताअनुसार जानुपथ्र्यो । कुराहरु आशा राख्दा छैन । यस्तै हो भने आउँदा दिनहरुमा राजनीतिप्रति जनताको वितृष्णा बढ्ने खतरा बढ्दै जान्छ । रास्वपाको राजनीति तल्लो तहसम्म्म गएको छ ।’
उनले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको बताए । उनले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निक्ष्पक्ष फैसला हुनेमा पूर्णरुपमा पार्टी विश्वस्थ रहेको बताए ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस भइरहेको छ ।