२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

भीम रावलबारे एमाले नेताहरु : पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य प्रक्रिया हो

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन् ।

आईतबार केन्द्रीय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् । केन्द्रीय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नहुनु भएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताए ।

उनकाअनुसार पार्टीले सोधको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।

उनले भने, ‘हामीले पार्टीको दशौं महाधिवेशनमा उपाध्यक्ष बन्नको लागि निकै अनुनय विनय गर्यौं हामीले । उहाँले पार्टी अध्यक्ष बन्ने तिव्र इचछा जनाउनु भयो । पार्टी अध्यक्षबाट पराजित भइसकेपछिको पहिलो केन्द्रीय कमिटिको बैठकमा नै हामीले उहाँलाई केन्द्रीय सदस्यको रुपमा पार्टीमा काम गर्न अनुरोध गर्यौं । उहाँले त्यो प्रस्तावलाई स्विकार गर्नुभएन ।

त्यसपछि उहाँलाई सल्लाकार समितिमा बस्ने भुमिका दियौं । त्यो पनि उहाँले स्वीकार्नु भएन । तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो । स्पष्टिकरण सोध्दा दिनु भएन ।

उहाँले आफूलाई नै निस्क्रिय बनाउनुभएको थियो । उहाँले नयाँ अभियान सञ्चालन गर्ने सूचना पार्टीले पाएपछि निष्कासन गरेको हो । यो एकदमै सामान्य र औपचारिक प्रक्रिया हो ।’

सांसद योगेश भट्टराईले उनलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताए । उनले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उनी एमालेबाट राजिखुशी निस्किएको स्पष्ट भएको बताए ।

उनले भने, ‘अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचार छोडेको कुराहरु आइरहेको छ । यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो ।’

पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट