logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • माओवादीले फागुन १ गतेदेखि एक महिना तराई–मधेस जागरण अभियान चलाउने

    माओवादीले फागुन १ गतेदेखि एक महिना तराई–मधेस जागरण अभियान चलाउने

    364
    Shares
    माओवादीले फागुन १ गतेदेखि एक महिना तराई–मधेस जागरण अभियान चलाउने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई–मधेस जागरण अभियान चलाउने भएको छ ।

    आईतबार बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई–मधेस जागरण अभियान चलाउने जानकारी गराएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए ।

    साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेको बताए । केन्द्रिय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि उनले बताए ।

    उनले भने, ‘पार्टी एकता र वृहत वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ ।

    महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्याउन पहल गर्ने ।’

    बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए । खबरदारी सभा देशव्यापी रुपमा प्रभावकारी रुवमा चलेको जानकारी प्रदेश अध्यक्षहरुले बैठकमा दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend