२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सभापति खतिवडाले बोल्दा बोल्दै कुरा काटेपछि हृदयराम थानी आक्रोशित, समितिमै भनाभन

सोमवार , पौष २२, २०८१

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच भनाभन भएको छ ।

सोमबार बसिरहेको समितिको बैठकमा बोल्दाबोल्दै सभापती रामहरी खतिवडाले बीचमै कुरा काटेपछि थानी आक्रोशित बनेका थिए । थानीले सभापति खतिवडालाई तपाईं आफै सभापती, तपाईं नै सबै सर्वेसर्वा आफै बोल्नुस् म बोल्दैन भन्दै समिति समक्ष आफ्ना कुरा नराखेर आक्रोश व्यक्त गरेका थिए । दुबै जना माननीय कांग्रेसबाट निर्वाचित सदस्य हुन् ।

आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल गर्न बोलाएको हो ।  बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबीच सवालजवाफ हुँदै चर्काचर्की परेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट