२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री लेखक

सोमवार , पौष २२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए ।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिए ।

गृहमन्त्री लेखकले भने, “कञ्चनपुरको शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानार्कषण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ ।”

उक्त क्षेत्रमा सीमासम्बन्धी विवाद नरहे पनि सीमास्तम्भ राख्नपर्ने आवश्यकता औँल्याउँदै गृहमन्त्री लेखकले द्विदेशीय संयन्त्रमार्फत सीमास्तम्भ राखिने भएकाले त्यसनिम्ति कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए । उनले भने, “सीमासम्बन्धी द्विदेशीय संयन्त्रलाई पनि यस सम्बन्धमा ध्यानार्कषण गराइएको छ । हामी हाम्रो भूमिको रक्षा गर्छौं । समस्या पनि समाधान गर्छौं ।”

बैठकको प्रारम्भमा समिति सदस्यद्वय रघुजी पन्त र दिलेन्द्रप्रसाद बडूले शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट