२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक : कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुनेमा जोड

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेकपा (एमाले) को पार्टी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बताए । बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अधिकांश केन्द्रीय सदस्यहरुले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताए ।

उनकाअनुसार पार्टीभित्रका कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरु भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिएको बताए । उनले पार्टीलाई सवलिकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरु देखिएको उल्लेख गर्दै यसका यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरुको जोड रहेको बताए ।

उनले भने, ‘बैठकमा आजपनि पार्टी अध्यक्ष्ज्युले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नै छलफलको क्रम जारी छ । अहिलेसम्म ५६ जना नेताहरुले आफ्नो राय राख्नुभएको छ । मुलतः सरकारको प्रभावकारितार पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनु भएको छ ।

दोस्रो कुरा, पार्टीभित्रका कुनैपनि गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कँही पनि गुटगत आशयका गतिविधिहरु भएभने त्यसलाई पार्टीले निगरानीमा राख्नुपर्छ । पार्टीमा विचारात्मक, सैद्धान्तिक कार्यक्रमको आधारमा कुनैपनि मत भिन्नता छैन । आफ्नो इन्ट्रेस्ट पुरा गर्नका निम्ति विभिन्न स्वार्थ समूहहरु बनाएर पार्टीको नेतृत्व खासगरि अगामि निर्वाचनका लागि वडा, पालिका र प्रदेशमा केही पदको लागि गुटबन्दी बनाइरहेको आभाष हुन्छ ।

तर विचारधारात्मक र संरचनात्मक रुपमा पार्टीमा कुनै गुट छैन । यस्तो चिजलाई निर्मुल बनाएर पार्टीलाई एकढिक्कामा बनाउनुपर्छ । यसका लागि पार्टी स्कुलिङमा जिल्ला तहसम्म जानुपर्छ भन्ने विषयमा विषेश जोड दिइरहनुभएको छ । तेस्रो विषय पार्टीलाई आधारभुत विषयमा सवलिकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान संचालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरामा हामी कहाँ नीति बनाउने कुरामा, कार्यक्रम बनाउने कुरामा भुमिका खेलेका छौं ।

तर कार्यान्वयनमा केही समस्याहरु छन् । त्यसको कार्यान्वयनका लागि जिल्ला र प्रदेशका पार्टी इन्जार्जहरुलाई निर्देशन गरेर त्यो कार्यान्वयनमा जोड दिने र पार्टीको नेतृत्वलाई दिइएको जिम्मेवारी पूरा भए नभएको अनुगमन गर्ने लगायतका सन्दर्भमा धारणाहरु आइरहेका छन् ।’

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सुुदृढिकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट