२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

होटल संघले माघ २ गते नेपाल सत्कार दिवस मनाउने

सोमवार , पौष २२, २०८१

काठमाडौं । होटल संघ नेपाल (हान) ले माघ २ गते काठमाडौंमा सत्कार दिवस मनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । संघले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ २ गतेलाई सत्कार दिवसका रुपमा मनाउँदै आएको छ ।

यस वर्षको सत्कार दिवस होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले गर्न लागिएको हानले जनाएको छ । सत्कार दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कृति समेत गरिने हानले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै होटल संघका अध्यक्ष विनायक साहले होटलले जति सेवा दिनसक्यो त्यति नै बढी पर्यटकहरु नेपाल आउने बताए । उनले होटलहरुले पर्यटकहरु खुशी हुनेगरी सेवा दिनुपर्ने बताए ।

होटल संघ नेपालको वार्षिक साधारण सभा पनि सोही दिन आयोजना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट