२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

खेलकुदमन्त्रीको गुनासो : खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन्

मंगलवार , पौष २३, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले खेलकुदमा दर्ता भएका संघहरुले देशको ऐन, कानून नमान्ने र अदालतको आदेश नमान्ने भन्ने नहुने बताए ।

उनले जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै देशको ऐन, कानून र नियमावलीअनुसार खेलकुद संघहरु चल्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा संघहरु, खेलकुदमा दर्ता भएको संघहरु हाम्रो देशको ऐन नमान्ने, हाम्रो देशको कानून नमान्ने, अदालतको नियम, कानून नमान्ने । अनि त्यो संघहरु, त्यो संस्थाहरुलाई एग्रिसिप भएर जसरी पनि जित्नैपर्ने मानसिकताबाट त्यो सफलता प्राप्त गर्न सक्दैन । हाम्रो देशको ऐन, कानून छ ।

नियमावली छ, साथै अदालतको निर्देशन छ । फैसला छ । त्यसअनुसार गर्दिन मैले आग्रह गर्न चाहन्छु । जसरी खेलकुदमा नियम, अनुशासनले अघि बढ्छ, त्यसरी नै संघहरु पनि अनुशासन र आफ्नो कर्तव्य पालन गरेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एशियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरे ।

मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट