logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • कांग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छ : नेता रिजाल

    कांग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छ : नेता रिजाल

    553
    Shares
    कांग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छ : नेता रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अन्य राजनीतिक दलहरुमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे ।

    उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गरे । उनले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताए । उनले आजको कारोबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको बताए ।

    उनले भने, ‘कांग्रेस र एमालेको सरकार बनेपछि कांग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो । अरु केही विषयमा केन्द्रित भएन । उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुपर्यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला ।

    मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ । किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुपर्यो ? सत्ता चलेको चल्यै गर्नुपर्यो । मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो ।

    त्यो भनेको मतलव अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।’

    नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरु नहोउन् भन्न खोजेको बताए । अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend