२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व हो : उपप्रधानमन्त्री सिंह

मंगलवार , पौष २३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कलाकारहरुले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गरे । उनले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘कलाकारलाई सम्मान त गर्नुपर्छ नि त । आफूले केही गर्न नसकेपनि नेपालमा कलाकारिता गरेर यो विधालाई जीवन्त तुल्याइरहनुभएको छ, उहाँहरुलाई कदर गर्ने कार्यक्रममा जसरी पनि पुग्नुपर्छ भनेर म आइपुगेँ । कलाकारितालाई नयाँ पिँढीले पनि यसमा भविष्य छ भन्ने प्रेरणाको रुपमा लिनेछन् ।’

उपप्रधानमन्त्री सिंहले कलाकारिताको माध्यमबाट कलाकारहरुले नेपाललाई विश्वमा चिनाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ