२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गरौँ : महामन्त्री थापा

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ वागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।

उनले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताए । उनले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘आम नागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौँ भन्ने सोच्छ । भ्रष्टाचारले हामीलाई यति गाँज्यो की हामीले ठिक गति समात्न सकेनौँ भन्ने कतिलाई लागेको छ भने यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौँ । त्यसलाई न्युन गर्ने कुरामा ध्यान दिनुपर्छ । जति नेपाली जनताले सुनेका काण्डहरु छन् ।

त्यो चाहे वाइडबडी काण्ड होस्, ललिता निवास काण्ड होस्, गिरिबन्धुको होस्, सिविरको होस् । जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पारौँ । यस भित्र भएको प्रत्येक काण्डहरु अख्तियारले गर्छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनु पर्छ बनाऔँ । बनाइसकेपछि के सन्देश दिनुपर्छ भने यसमा कोको दोषी निस्किन्छ ।

प्रधानमन्त्री दोषी निस्किन्छ, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद जो दोषी निस्किन्छ, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बहालवाला होस्, भुतपूर्व होस्, जो सुकै होस्, तर नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन, १५ वर्षपछि पनि र २० वर्ष पछि पनि छोड्दैन भन्ने मानक स्थापित गर्नसक्यो भने नौ जवानहरुलाई देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेस कानूनको शासन मान्ने बताए । उनले गलत काम गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट