२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधन : नेता सिटौला

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताए ।

उनले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताए । उनले संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताए ।

देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको उनले बताए । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको उनले बताए ।

नेता सिटौलाले अहिलेसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखको विषय भएको बताए । उनले सबै जाति बलियो भएमात्रै देश बलियो हुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट