सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : अध्यक्ष नेपाल

कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन् ।

मंगलबार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताए ।

उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाएपनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गरे । उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए ।

उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरेपनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको बताए ।

अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे । उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे । उनले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए ।

उनले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताए ।

उनले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनको लागि काम गर्ने भावना संप्रेषण गरी युवाहरुलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदहरुको सपना पूरा हुने उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend