मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

भूमि सम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

भूमि सम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् ।

बुधबार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए । उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताए । उनले अध्यादेशहरु ल्याएसँगै कांग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको बताए ।

उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताउनु भयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि बिरोध मात्रै गरिरहेको बताए ।

विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend