२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षणबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

बुधवार , माघ २, २०८१

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संघीय संसदले बनाएका कानूनहरुको कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । यसअघि समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरु र कानून कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले सुदूरपश्चिमको प्रदेशको धनगढी, मधेस प्रदेशको राजधानी जनकपुरधाम र लम्बिनी प्रदेशको राजधानी देउखुरिमा संघीय संसदले बनाएका कानून कार्यान्वयनका चुनौतीबारे अधययन गरेर प्रतिवेदन बुझाएको छ ।

समिति सभापति विमला सुवेदीले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल)सँग सम्बन्धित रहेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइन् ।

उनले निर्णयको लागि समितिसमक्ष प्रस्ताव पेस गर्दै भनिन्, ‘समिति अन्तर्गत गठित उपसमितिहरुले सुदूरपश्चिमको राजधनी रहेको कैलाली जिल्लाको धनगढी, मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लाको जनकपुरधाम र लुम्बिनी जिल्लाको राजधानी रहेको दाङ जिल्लाको देउखुरीमा गरेको संघीय संसदले बनाएको ऐन, कानून कार्यान्वयनका चुनौतिका विषयमा गरिएको अध्ययनको प्रतिवेदन, २०८१ मा रहेका सुझावहरुलाई समितिले ग्रहण गर्ने निर्णय गर्ने, समितिले वागमती प्रदेशको कुनैस्थानमा उत्तरविधायिकी परीक्षण (पिएलएस) सँग सम्बन्धित भएर संघीय संसदले बनाएको ऐन कानून कार्यान्वयनका चुनौतिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने र सभापतिले समिति सदस्यहरुसँग समन्वय गरेर उक्त अन्तरिक्रिया कार्यक्रमको मिति, समय र स्थान तथा अन्तरक्रियामा आमन्त्रितहरु तय गर्ने र समिति सभापतिको निर्देशनअनुसार समिति सचिवालयले कार्यक्रमका लागि आवश्यक कार्य गर्ने प्रश्ताव समितिसमक्ष राख्न चाहन्छु ।’

उनले समिति सदस्यहरुसँग समन्वय गरेर कार्यक्रम हुने स्थान, मिति र समय तय गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट