logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • भूकम्पपछिको पुनर्निर्माण नमूना पुनर्निर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भयौं : प्रधानमन्त्री ओली

    भूकम्पपछिको पुनर्निर्माण नमूना पुनर्निर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भयौं : प्रधानमन्त्री ओली

    175
    Shares
    भूकम्पपछिको पुनर्निर्माण नमूना पुनर्निर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भयौं : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पीय असरको सामना असाधारण ढंगले गरेको बताएका छन् ।

    बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालको भूकम्पपछिको पुनर्निर्माण नमूना पुर्ननिर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भएको दाबी गरे ।

    उनले आफू नेतृत्वको सरकारले २०७२ सालको भूकम्पपछि साढे आठ लाख घरहरु पुनर्निर्माण गर्नेगरी स्थानीयलाई हस्तान्तरण गरेको बताए ।

    उनले भूकम्पले भत्काएका सबैजसो ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गरिसकेको बताए । उनले भूकम्पलाई रोक्न नसकेपनि त्यसको असर कम गर्न प्रतिरोधी भौतिक संरचना बनाउन आवश्यक रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पीय असरको सामना हामीले असाधारण ढंगले गरेका छौं । २०७२ सालको भूकम्पले सबै घरहरु भत्काएको थियो । हामीले किचन र बाथरुमसहितका घरहरु निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेका छौं । त्यति सकिँदो रहेछ ।

    त्यसैगरि हामीले अठोट गरेपछि साढे आठ लाख घरहरु, आवासहरु निर्माण गरेर पीडितलाई हस्तान्तरण ग¥यौँ भने धेरै ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गर्यौँ । बाटाघाटा, खनेपानी, अस्पतालहरु, शिक्षालयहरु, सरकारी कार्यालयहरुको पुनर्निर्माण गर्यौँ । नेपालको भूकम्पपछिको पुनर्निर्माण एउटा नमूना पुनर्निर्माणको रुपमा हामीले विश्वमै स्थापित गर्न सफल भयौं ।

    हामीले यस्ता कामहरु गर्न सक्दा रहेछौं भने क्षति भएपछि भन्दा क्षति हुनुभन्दा अगाडि क्षति न्युन कसरी गर्ने भन्नेबारे सोच्न आवश्यक छ । घरलाई अलिकति भूकम्प प्रतिरोधी बनाउनसक्यौं भने त्यति छिटो भत्किँदैन । त्यसका लागि भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । ’

    भूकम्पको जोखिम न्युनिकरण र भूकम्पपछिको पुनर्निर्माणमा सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend