२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग देउवाले लिए कार्यप्रगति

बिहिवार , माघ ३, २०८१

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यप्रगति विवरणबारे जानकारी लिएका छन् ।

बिहीबार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले काँग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।

उनले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा सुझाव दिइएको बताए ।

उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट