२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल पुलिस क्लब बन्यो जय ट्रफी च्याम्पियन

बिहिवार , माघ ३, २०८१

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बिहीबार सम्पन्न भएको फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हराएको हो ।

पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिएका छन् ।

आर्मीले जितका लागि १०३ रनको लक्ष्य पाएको थियो । आर्मी २९.२ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो ।

ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११–११ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका सागर ढकालले ६ तथा ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चे । ललितले १५ ओभरमा ३९ रन दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट