logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • टाइगर कप भलिबलमा दुई विदेशी टोली

    टाइगर कप भलिबलमा दुई विदेशी टोली

    385
    Shares
    टाइगर कप भलिबलमा दुई विदेशी टोली

    काठमाडाैं । टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ ।

    टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । पुरुषमा भारतको र महिलामा थाइल्याण्डको टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

    काठमाडौं शुक्रबार पत्रकार सम्मेलनमार्फत टाइगर गुप्र अफ पोखराले प्रतियोगिताबारे जानकारी दिएको हो । महिला र पुरुषमा समान ६ टोली गरी १२ क्लवले प्रतिष्पर्धा गर्नेछन् । तीन विभागीय टोलीले नै सहभागिता रहनेछ ।

    प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लव, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लव अमीन भारत, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपिएफ क्लवले प्रतिष्पर्धा गर्नेछन् ।

    महिलामा भने सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड स्पोर्टस क्लव, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लव छन् । विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन् ।

    सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिव एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ ।

    २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले श्रीलंकाको लिग च्याम्पियन ल्याउने तयारी गरे पनि अन्तिम समयमा आन्तरिक समस्या देखाउँदै सहभागी नभएकाले उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend