बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

यू–१९ महिला विश्वकपमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट

यू–१९ महिला विश्वकपमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट भएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर २ बलमा ५२ रन बनाउँदै अलआउट भएको हो ।

नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । त्यस्तै, सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ रनमा आउट भए ।

बंगलादेशकी जन्नतुल माउवाले दुई विकेट लिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend