२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यू–१९ महिला विश्वकपः बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

शनिवार , माघ ५, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियामा भएको खेलमा नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो ।

नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३।२ ओभरमै पुरा गर्‍यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।

त्यस्तै, बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सुमैया अख्तरले १२ रनको योगदान दिए । अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाइन् ।

बलिङमा नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको थियो ।नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् ।

त्यस्तै, सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ र रचना चौधरी ३ रनमा आउट भए ।

बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट