२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

क्रिकेटर सन्दीपले गरे सन्यास लिने संकेत

आइतवार , माघ ६, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिन लागेको संकेत गरेका छन् ।

सन्दीपले गएराती आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक स्टाटस लेख्दै उनले खेलजीवनबाट सन्यास लिन खोजेको आशय व्यक्त गरेका हुन् ।

उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर स्पष्ट नखुलाएपनि उनले राखेको स्टाटसमा आशयचाहिँ त्यस्तै लाग्ने खालको छ । उनले सबैलाई धन्यवाद दिएका छन् । उनका शुभचिन्तकले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले लेखेका छन् ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट