२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

खो खो विश्वकप उपविजेता नेपाली महिला र पुरुष टोली स्वदेश फिर्ता

सोमवार , माघ ७, २०८१

काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला र पुरुष टोली स्वदेश फिर्ता भएको छ । खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।

खो खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरूष र महिला खो खो टोलीको भव्य स्वागत गरिएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो ।

आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट