logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • टेलिभिजनहरुको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी

    टेलिभिजनहरुको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी

    154
    Shares
    टेलिभिजनहरुको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी

    काठमाडौं । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ ।

    बोर्डले टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो ।

    नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकेको छैन । टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यसाको शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए ।

    टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए ।

    उनले भने, ‘नेपालमा टेलिभिजन रियल टाईममा कति मान्छेले हेरिराखेका छन् ? कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौं ।

    संसारभरि टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) निकाल्ने गरिन्छ । त्यो आधारमा टेलिभिजनहरुमा विज्ञापन प्राप्त हुने, र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताको आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौं । सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौैं ।’

    यस छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend