२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी-२० विश्‍वकप : नेपालले आज अस्ट्रेलियासँग खेल्दै

बुधवार , माघ ९, २०८१

काठमाडौँ । नेपालले आज बुधबार अस्ट्रेलियासँग खेल्दै छ । आईसीसी-यू १९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यी दुई देशको खेल दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । खेल मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा हुने छ ।

नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।

नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । अस्ट्रेलिया सुपर सिक्समा पुगिसकेको छ । सुपर सिक्समा पुग्न नेपालले आजको खेलमा जित निकाल्नै पर्नेछ ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट