२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य

बुधवार , माघ ९, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।

अष्ट्रेलियाका काओइमहे ब्रे र एलेनोर लारोसाले ७२ रनको साझेदारी गर्दै बलियो स्कोर बनाए । ब्रेले सर्वाधिक ४५ रन र लारोसाले ३१ रन बनाइन् ।

नेपालका लागि कप्तान पुजा महतोले ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट