२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

बुधवार , माघ ९, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो ।

यससँगै नेपाल आईसीसी यू–१९ महिला टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

नेपालकी कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २–२ विकेट लिए । कोल एइन्सवर्थले १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी(युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । ब्रेले सर्वाधिक ४५ रन र लारोसाले ३१ रन जोडिन् ।

नेपालकी कप्तान पुजाले ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट