२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

शनिवार , माघ १२, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो ।

एपीएफले सुदूरपश्चिमलाई फाइनलमा ९ विकेटले पराजित गर्‍यो ।

सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एपीएफका लागि ममता चौधरीले ४३ र इन्दु बर्माले १८ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६७ रन बनाएको थियो । उसका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् भने कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफकी कविता जोशीले ३ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट