logo

२०८१ माघ १३ आइतबार

logo
  • आइतबार, १३ माघ २०८१
  • अहिले वृहत वामपन्थी एकताको आवश्यकता छ : झलनाथ खनाल

    अहिले वृहत वामपन्थी एकताको आवश्यकता छ : झलनाथ खनाल

    434
    Shares
    अहिले वृहत वामपन्थी एकताको आवश्यकता छ : झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।

    शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताए ।

    एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताए ।

    उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताए ।

    उनले भने, ‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकतावद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार त छ । कमन ग्राउण्ड त छ । कमन ग्राउण्ड रुप दिएर एउटा वृहत वामपन्थी मोर्चा बनाउन जरुरी छ ।

    अब कतिपय साथीहरु समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरुले के समाजवादी मोर्चा बनाउने ? नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ ।

    होइन, साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरुको बीचमा नै मोर्चा बनाउने होला नि । कति वटा समूह छन् त्यस्ता ? त्यसैले हामीले यतिबेला गर्ने भनेको व्यापक वामपन्थी मोर्चा नै हो । वामपन्थी मोर्चा आवश्यक छ अहिले । अहिले यतिबेला त दुई वटा पार्टीको अधिनायकत्व चलिरहेको छ ।’

    पूर्वप्रधानमन्त्री खनालले नेपाली काँग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताए । उनले कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्दी नेपाली कांग्रेस नै रहेको बताए । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रुपले विभाजित भइरहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend