२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रामशरण दुलालको अध्यक्षतामा पाँचखालमा एकीकृत समाजवादीको ५१ सदस्यीय नगर कमिटी चयन

आइतवार , माघ १३, २०८१

काभ्रे। नेकपा (एकीकृत समाजवादी) को पाँचखाल नगर कमिटीको अधिवेशनबाट रामशरण दुलाल अध्यक्षमा निर्वाचित भएका छन्।

शनिबार काभ्रेको पाँचखाल नगरपालिकामा भएको नगर अधिवेशनबाट अध्यक्षमा दुलाल निर्वाचित हुँदा उपाध्यक्षमा कृष्ण बहादुर दतुवार, सचिवमा कृष्ण बहादुर श्रेष्ठ, उपसचिवमा अरुण बानियाँ र सम्झना ढुंगानासहितको ५१ सदस्यीय नगर कमिटी चयन भएको हो ।

कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सचिव तथा पोलिटब्युरो सदस्य सावित्रा भुसालले समाजवादको कार्यक्रम बनाएर अघि बढेको पार्टी नेकपा एकीकृत समाजवादी मात्रै भएको बताइन् । 'संविधान बन्नुभन्दा अगाडि नै समाजवादको मार्ग अंगाल्ने अवसर अन्य दललाई पनि थियो, तर दलहरुले त्यो आँट गर्न सकेनन्।' -उनले भनिन् 'एकीकृत समाजवादीले १०औँ अधिवेशनबाट उक्त मुद्दा पारित गरेको छ। अबको यात्रा समाजवादको हो।' समाजवाद विना समाजमा समानता नआउने उनको भनाइ थियो ।

महिला विकासको क्षेत्रमा काम गरेको बताउँदै बागमती प्रदेशको अध्यक्षसमेत रहेकी भुसालले महिला उद्यमलाई प्राथमिकता दिनुपर्ने बताइन् । कार्यक्रममा थुप्रै महिलाहरु समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

काभ्रेका १३ वटा स्थानीय तह मध्य पाँचखाल नगरपालिकासहित ३ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा यस अघि नै अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरि सकिएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट