बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छु : गगन थापा

आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।

आईतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए । उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने बताए ।

उनले अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको बताए । उनले अबको दशक खेर फाल्नु नहुने बताए ।

महामन्त्री थापाले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्नसक्छु ।

त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेर फाल्नु हुँदैन ।’

महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए । उनले नेपाल पहिलाको भन्दा धेरे विकसित भएको बताए ।

नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्नसक्ने हुनुपर्ने उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend