बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो : गृहमन्त्री लेखक

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त कटिवद्ध रहेको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा दृढतापूर्वक अघि बढेको बताए ।

उनले एकतावद्ध भइ राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गरे । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न जरुरी रहेको बताए । उनले लोकतन्त्रको रक्षा गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउन जरुरी रहेको बताए ।

उनले भने, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो । नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा यो संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त हामी कटिवद्ध छौँ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै हाम्रो संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने, संविधानका जुन कल्पनाहरु छन्, त्यसलाई पूर्णता दिनका निमित्त हामी दृढतापूर्वक अघि बढेका छौँ ।’

गृहमन्त्री लेखकले शहीदहरुको देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको बताए ।

नागरिकको सुरक्षाको प्रत्याभुति गर्न, मुलुकमा शान्ति, स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशिल रहेको उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend