
काठमाडौँ । समाजवादी मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल भईरहेको बताइएको छ ।
त्यस्तै, बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुको सहभागिता रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend