
काठमाडौँ । अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् ।
उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।
थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् ।
महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए ।
कोषाध्यक्षमा पनि राई प्यानलकै फूलमाया रानामगर खुशी निर्वाचित भएकी छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend