२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

केपी ओली कप फुटबलको तेस्रो संस्करण फागुन ११ देखि शुरू हुने

बुधवार , माघ १६, २०८१

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनको दोस्रो सातादेखि शुरू हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कपको तेस्रो संस्करण हुन लागेको हो ।

युवा संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लव र विदेशी गरी कुल १० टोलीले प्रतिष्पर्धा गर्नेछन् । आयोजककाअनुसार प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएका छन् ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले युवालाई खेलकुदमा जोड्ने उद्देश्यअनुरूप युवा संघका संस्थापकको नामबाट प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।

विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयां र उपविजेताले पाँच लाख रूपैयांसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने आयोजकको भनाइ छ ।

म्यान अफ दी म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन् । हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट