logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने

    समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने

    231
    Shares
    समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने

    काठमाडौं । समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

    बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।

    त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुसलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको विश्वकर्माले बताए । बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ ।

    बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको उनले बताए ।

    बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि नेकपाका नेता विश्वकर्माले बताए ।

    उनले भने, ‘मंगलवार काठमाडौंमा गरेको कार्यक्रमको समीक्षा भएको छ । कार्यक्रम भव्य र शानदार भएको छ । त्यसले एउटा राम्रो सन्देश दिएको समीक्षाको निस्कर्ष छ । चार वटै पार्टीका साझा भावलाई महत्व दिनसके मात्रै प्रभावकारी बन्छ भन्ने हाम्रो निस्कर्ष छ ।

    जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुन बाँकी भए गठन गर्ने । गठन भइसकेका ठाउँका संरचनालाई सक्रिय बनाउने । नेपाल समाजवादी पार्टी सहितको देशभर बनेका प्रदेश र जिल्लाका संरचनामा यस पार्टीका सहभागितासहित पुनःगठन गर्ने । मधेस प्रदेशमा हेर्ने जिम्मा, समाजवादी मोर्चा गठन गर्ने जिम्मा चार वटै पार्टीले बाँडफाँड गरेर छिटो गर्ने ।

    समाजवादी मोर्चालाई अझ सुदृढ गर्ने । राज्य सञ्चालकहरुको तरिका अलि बढी गणतन्त्रबिरोधी रुपमा देखिएको जस्तो छ । हामीसँग भएका सहमति कार्यान्वयन गर्न देशभरका समस्याका सम्बन्धमा जनप्रदर्शनसहितको बिरोध सभा गर्ने । त्यो चैत्र २४ गते हुनेछ ।

    चैत्र पहिलो हप्ता मधेसमा जनसभा गर्ने । समाजवादी मोर्चा प्रकाशन गर्ने, फागुन अन्तिसम्ममा । सबै प्रदेशमा जन सभा कार्यक्रम गर्ने । समाजवादी मोर्चालाई फराकिलो बनाउने सन्दर्भमा मोहन विक्रमसँग कुरा गर्ने र साथै अन्य पार्टीहरुसँग कुरा गर्ने ।’

    बैठकले मंगलबार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्र म भव्य भएको निस्कर्ष निकालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend