२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

बुधवार , माघ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।

प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले वरिष्ट उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् ।

डा अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट