logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • पूर्वराष्ट्रपति दलीय राजनीतिमा फेरि सक्रिय हुनु उचित होइन : प्रदीप ज्ञवाली

    पूर्वराष्ट्रपति दलीय राजनीतिमा फेरि सक्रिय हुनु उचित होइन : प्रदीप ज्ञवाली

    371
    Shares
    पूर्वराष्ट्रपति दलीय राजनीतिमा फेरि सक्रिय हुनु उचित होइन : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् ।

    पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् । बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा उचित नहुने बताए ।

    उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु भएको उल्लेख गर्दै उक्त संस्थाहरुलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए ।

    उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए । उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस नभएको समेत स्पष्ट पारे ।

    उनले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताए । उनले सत्य समाचारको रक्षा गर्न तथा मिथ्या सूचनाको बाढी रोक्नको लागि सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको समेत बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend