आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि

एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि

काठमाडौँ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपिएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् । उपाधिसँगै एपिएफले रु १० लाख तथा उपविजेता पुलिसले रु पाँच लाख प्राप्त गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend