२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी–२०आई श्रृंखला : नेदरल्याण्डसविरूद्ध पहिला बलिङ गर्दै नेपाल

बिहिवार , माघ १७, २०८१

काठमाडौं । बिहीबारदेखि त्रिकोणात्मक टी–२० शृंखला सुरु हुँदैछ । काठमाडौंमा हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् ।

नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३(३ खेल खेल्ने छन् ।

यस्तो छ नेपालको प्लेइङ ११:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, कविता जोशी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट