२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

विपक्षी दल सुशासनका पक्षमा एकताबद्ध हुने

बिहिवार , माघ १७, २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले संसद् बैठकमा जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउने निर्णय गरेका छन् ।

सिंहदरबारमा आज बसेको विपक्षी दलको बैठकले महँगी तथा भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा एकताबद्ध भएर संसद्मा प्रस्तुत हुने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले सदनमा बहुमत हुँदाहुँदै पनि अध्यादेश जारी गरेर सरकारले गलत गरेको निष्कर्ष निकालेको प्रमुख सचेतक पाण्डेले बताए ।

शुक्रबारदेखि सङ्घीय संसद्को अविधेशन प्रारम्भ हुँदैछ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार