२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महाधिवेशन : ५ पदाधिकारीका लागि २८ उम्मेदवार मैदानमा (सूचीसहित)

शुक्रवार , आषाढ १२, २०८३

चितवन  / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। सार्वजनिक सूची अनुसार उपसभापति महिला,महामन्त्री तथा सह–महामन्त्री पदमा प्रतिस्पर्धा हुने भएको छ।

उपसभापति (महिला) पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, महामन्त्री पदमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ। उक्त पदका लागि कविन्द्र बुलाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य उम्मेदवार बनेका छन्।

यस्तै, सह–महामन्त्री (खुला) पदका लागि आवश्यक संख्या दुई तोकिएकोमा प्रारम्भिक सूचीमा रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु,पुकार बम, राजिब खत्री, विजय जैरु ,हरि ढकाल, हिमशे पन्त, रहेका छन् ।


त्यस्तै सह महामन्त्री महिलामा जुली यादव,जमुना शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी, र रिमा विश्वकर्मा रहेकी छन् ।

13.jpg
14.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट