२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रभु महालक्ष्मी लाइफको १८ लाख ९९ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा सम्पूर्ण कित्ताका लागि काठमाडौंको कमदालीमा रहेको कम्पनीको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यसअघि गत वैशाख १५ गते ३५ दिने सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले अब आम सर्वसाधारणका लागि बिक्री खुलाइएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट